बसहिया नाकामा स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढु’ङ्गामु’ढा :६ सशस्त्र प्रहरी घाइते

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढु’ङ्गामु’ढा गरेपछि जवाफमा प्रहरीले हवाई फा’यर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फा’यर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो

।भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढु’ङ्गा र गु’लेलीले आ’क्रमण गरेपछि चार राउण्ड हवाई फा’यर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो ।

घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा