आन्तरिक उडन अब असार १७ गतेवाट सञ्चालन:हवाई भाडामा भारी छूट भएपछि, बसमा भन्दा सस्तो टिकट,

काठमाडौं,लकडानका कारण लामो समय देखि बन्द रहेको आन्तरिक उडन अब असार १७ गतेवाट सञ्चालन गर्न सरकारमा प्रस्ताव लगिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ। बन्दाबन्दीका कारण लामो समय उडान भर्न नपाउँदा वायुसेवा अप्ठेरोमा पर्न लागेको छ ।

प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफल पछि मन्त्रालयमा यस्तो प्रस्ताव लैजाने सहमति भएको हो । मन्त्रालयको तर्फवाट आइतवार नै सो प्रस्ताव मन्त्रीपरिषद् बैठकमा पेस गर्ने जनाईको छ । लकडाउन खोल्ने वा आन्तरिक उडान कहिले खुल्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले मात्रै गर्छ।

वायुसेवा कम्पनीबीचको छलफल पछि निजी कम्पनीहरुले टिकट बुकिगं खोल्ने तयारी समेत गरेका छन् । मन्त्रीपरिषद् बैठकले आज सो प्रस्ताव पास गरे भोलीवाटै आन्तरिक उडानको लागि सोमबारबाट बुकिङ सुरु गर्ने नीजि उडान कम्पनीहरुले जनाएका छन् ।हवाई भाडामा भारी छूट भएपछि, बसमा भन्दा सस्तो टिकट !

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी भनिएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको छ ।

काठमाडौँ–भद्रपुरको रु ७५० घटाइ एक हजार ९५० बनाइएको छ । काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको रु दुई हजार १६० बाट रु ६०० घटाएर एक हजार ५५० कायम गरिएको छ ।पोखराको रु २७० घटाएर रु ६९५ बनाइएको छ । काठमाडौँ–धनगढीको साविकको रु तीन हजार ९७५ बाट रु एक हजार १०५ घटाई रु दुई हजार ८७० निर्धारण गरिएको छ

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताउनुभयो ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।

यो समाचार इताजा बाट साभार गरिएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा