मौसम अपडेट: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा भने गर्मी कायमै

काठमाडौँ । आज २०८३ वैशाख १२ गते शनिबार देशका विभिन्न भागमा मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बदली रहनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए तापनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने आज पनि ‘तातो दिन’ हुने सम्भावना छ। ती क्षेत्रमा गर्मी अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा