विश्वकप लिग-२: नेपाल र यूएईबीचको भिडन्त आज, त्रिवि मैदानमा बिहान ९:३० बजे खेल सुरु हुँदै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला आज शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दैछ। खेल बिहान ९:३० बजे सुरु हुने तालिका रहेको छ।

नेपाल र यूएईबीच अहिलेसम्म १७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ९ र यूएईले ८ खेल जितेका छन्। तथ्याङ्कका आधारमा दुवै टोली निकै सन्तुलित देखिएका छन्। नेपालले यूएईलाई सन् २०२३ मा ७१ रनमै अलआउट गरेको सुखद इतिहास छ भने नेपालको यूएईविरुद्धको उच्च स्कोर २६९ रन रहेको छ।

विश्वकप लिग-२ को शीर्ष छ भित्र पर्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ। नेपालले आगामी ८ खेलमध्ये कम्तीमा ५ खेलमा जित निकाल्नुपर्ने दबाब छ। आजको खेलपछि नेपालले वैशाख १६ गते ओमानसँग, वैशाख १८ गते पुनः यूएईसँग र वैशाख २२ गते ओमानसँग खेल्नेछ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी जस्ता अनुभवी खेलाडीहरू रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा