आको मौसम: कोशी, मधेश र बागमतीसहित पहाडी क्षेत्रमा बादल लाग्ने, विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । भोलि जेठ २९ गते शुक्रबार देशका विभिन्न भू-भागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा विकास भइरहेको मौसमी प्रणालीका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादलको प्रभाव बढी देखिनेछ।

महाशाखाको पूर्वानुमान अनुसार शुक्रबार दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। यो अवधिमा कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यसैगरी शुक्रबार राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागिरहनेछ भने मधेश प्रदेश लगायत अन्य तराई भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भागका साथै देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा