कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन, महामन्त्री पौडेलद्वारा तत्काल प्रक्रिया पूरा गर्न अपिल

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा आज समाप्त हुँदै छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार आज जेठ २८ गते बिहीबार राति १२ बजेसम्म मात्र अनलाइनमार्फत सदस्यता अद्यावधिक गर्न सकिने अन्तिम व्यवस्था गरिएको छ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अद्यावधिकको ढोका बन्द हुने भएकाले समयमै आफ्नो विवरण डिजिटल प्रणालीमा प्रविष्ट गर्न बाँकी सदस्यहरूलाई आग्रह गरेका छन्। अन्तिम समयमा एकैपटक धेरै प्रयोगकर्ता हुँदा सर्भरमा प्राविधिक समस्या आउन सक्ने सम्भावना प्रवल रहने भन्दै उनले ढिलाइ नगरी तत्कालै फाराम भर्न अपिल गरेका हुन्। कांग्रेसले यसपटक सदस्यता व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन आफ्नै वेबसाइटमार्फत मोबाइलबाटै सहजै फाराम भर्न सक्ने डिजिटल प्रविधि भित्राएको हो।

पार्टीको ताजा तथ्याङ्कअनुसार अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले आफ्नो ‘नेपाली कांग्रेस डिजिटल आईडी’ (एसीआईडी) प्राप्त गरिसकेका छन्। यसबाहेक थप १ लाख २४ हजार ७४८ सदस्यहरूले स्वयं अद्यावधिक फाराम पेस गरी प्रक्रिया अगाडि बढाइसकेका छन्। विगतमा अरूले फाराम भरिदिँदा फर्जी सदस्यताको जोखिम रहने गरेकोमा यसपटक आफैँले अनलाइन भर्नुपर्ने नियमका कारण पार्टीको वास्तविक र वैधानिक आकार स्पष्ट हुने नेताहरूले दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा