समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र परीक्षा बोर्डको नतिजा, कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक

काठमाडौँ । नेपालका विभिन्न विश्वविद्यालय र परीक्षा बोर्डहरूले विद्यार्थीहरूको नतिजा समयमै प्रकाशन गर्न थालेका छन्। विगतका वर्षहरूमा परीक्षा भएको तीनदेखि पाँच महिनासम्म नतिजा कुर्नुपर्ने बाध्यता रहेकामा पछिल्लो समय प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छिटो अवधिमै नतिजा सार्वजनिक गर्न थालिएको हो।

यसै क्रममा, राष्ट्रिय परीक्षा बोर्डले गत चैत २९ गते सम्पन्न भएको एसईई (SEE) को नतिजा परीक्षा सकिएको ३० दिनभित्रै अर्थात् वैशाख २८ गते सार्वजनिक गरेर नयाँ रेकर्ड बनाएको थियो। सोही तदारुकतालाई निरन्तरता दिँदै बोर्डले गत वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षाफल समेत मात्र ४० दिनभित्र शुक्रबार सार्वजनिक गरेको छ। यस्तै, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि पछिल्लो एक वर्षयता आफ्ना अधिकांश परीक्षाका नतिजाहरू कार्ययोजना बनाई उपलब्ध स्रोत साधनको समुचित परिचालन गरेर १०० दिनभित्रै सार्वजनिक गर्दै आएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो आउनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन्। नतिजा प्रकाशनमा गरिएको यस तदारुकताले समग्र शैक्षिक क्यालेन्डरलाई लयमा ल्याउन र विश्वविद्यालयहरूको भर्ना तथा पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्न सकारात्मक प्रभाव पार्ने मन्त्री पोखरेलले विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा