मौसम अपडेट: देशभर मनसुनी वायुको प्रभाव सक्रिय, आज ६ प्रदेशमा भारी वर्षाको उच्च सम्भावना

काठमाडौँ । मुलुकभर हाल मनसुनी वायुको प्रभाव व्यापक रूपमा सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशको मौसममा उल्लेखनीय बदलाब आएको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादली रहनेछ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली देखिनेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी भेगका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। यसै गरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा तथा सुदूरपश्चिमको तराई क्षेत्रमा भारी वर्षाको उच्च सम्भावना रहेको छ।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लगातारको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने तथा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा