राहदानी कसुर प्रकरण: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई सीआईबीद्वारा पक्राउ

काठमाडौँ । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको गम्भीर आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर गर्दा अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सोही पुर्जीका आधारमा सीआईबीले उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।

निजामती सेवाका वरिष्ठ अधिकारी नै राहदानी तथा यात्रा अनुमतिपत्रसम्बन्धी कसुरमा तानिएपछि यस प्रकरणलाई निकै चासोका साथ हेरिएको छ। सीआईबीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै यसमा संलग्न अन्य पक्ष र प्रशासनिक त्रुटिहरूबारे समेत सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा