मौसम अपडेट: आज तीन प्रदेशमा धेरै भारी वर्षाको जोखिम, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (सोमबार) देशभरको मौसममा उल्लेख्य बदलाब आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने अधिकांश पहाडी, तराई तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा र बागमती, गण्डकी लगायत अन्य प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। रातिको समयमा देशका हिमाली भू-भागमा हिमपातका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका साथै लुम्बिनीका केही स्थानमा भारी वर्षा र कोशी, बागमती एवं गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको उच्च जोखिम रहेको छ। लगातारको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको खतरा रहने भएकाले सर्वसाधारणलाई सचेत रहन अपिल गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा