सिमरा घटना : ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ

रौतहट । बाराको सिमरामा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिकाको जबर्जस्ती करणीपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ५:४५ बजे भक्तिनगरस्थित एक खाली घरभित्र बालिका मृत फेला परेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो।

अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने तीन वर्षीया गरिमा चौधरी रहेको पुष्टि भएको छ। उनी साउन ३१ गते बिहानदेखि घरबाट हराएकी थिइन्।

ना.१.ज ७७५८ नम्बरको म्याजिकका सहचालक जितपुरसिमरा–२ बस्ने करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगी जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सहचालक सुमन थापा तथा म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा