उद्धार र राहतको रकम तुरुन्तै निकासा गर्छौँ, प्रशासनिक ढिलासुस्ती अन्त्य हुन्छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोग र उद्धार कोषको रकम विनाकुनै प्रशासनिक ढिलासुस्ती प्रभावित क्षेत्रमा तत्कालै पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनासम्बन्धी उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नागरिकले सरकारमाथि भरोसा गरेर राहत कोषमा रकम जम्मा गरेको बताउँदै कोषमा रकम थुप्रिने तर प्रभावित पालिकामा नपुग्ने अवस्था अन्त्य गरिने स्पष्ट पारे। उनले अति प्रभावित पालिकाहरूमा मेयर वा सीडीओको औपचारिक पत्र नपर्खिई तुरुन्तै कोष परिचालन गर्न निर्देशन दिएका छन्।

यस्तै, पुनर्निर्माणका क्रममा केवल प्राविधिक र भौतिक संरचना मात्र नभई स्थानीयको जीविकोपार्जन र सामाजिक परिवेशलाई ध्यान दिनुपर्ने उनको भनाइ छ। अर्थमन्त्री डा. वाग्लेले यसै साताभित्र क्षतिको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन (र्‍यापिड एसेसमेन्ट) तयार गरी व्यवसाय पुनरुत्थान प्याकेज (बिजनेस रिकभरी प्याकेज) ल्याइने जानकारीसमेत दिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा