बाढीबाट ज्यान गुमाएका काठमाडौँ ल्याइएका ११४ मध्ये १३ शवको मात्र सनाखत, पहिचान नखुलेका ४६ शव गोकर्णको जङ्गलमा गाडियो

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बाढी तथा पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट र धादिङ) बाट पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएका ११४ शवमध्ये हालसम्म १३ वटा शवको मात्र सनाखत भएको छ।

काठमाडौँका परिसर प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार सनाखत भएकामध्ये १२ जनाको शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् भने एक जनाको शव बुझाउने प्रक्रिया जारी छ।

यसैबिच, पहिचान हुन नसकेका ४६ वटा शवहरू काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। शव गाड्नुअघि भविष्यमा हुनसक्ने पहिचानका लागि डिएनए (DNA) नमुना संकलन, फिङ्गर प्रिन्ट र पाँचथान तस्बिरहरू सुरक्षित राखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा