नुवाकोट । रसुवा र नुवाकोट सीमा क्षेत्रमा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनलाई सकुशल उद्धार गरिएको हो। यसअघि उद्धार टोलीले सुरुङको भित्री भागमा सम्पर्क गर्दा भित्रबाट जीवित रहेको दोहोरो संवाद भएको थियो। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको समेत तीव्र रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।





