युवा तथा खेलकुद क्षेत्रलाई २ अर्ब ६३ करोड विनियोजन गरिएको छ।

काठमाडौं, संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई २ अर्ब ६३ करोड विनियोजन गरेका छन् । आगामि आर्थिक बर्षका लागि विनियोजित बजेट चालु आवको भन्दा १ अर्ब ६३ करोडले कम हो ।नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका बीच सरकारले आर्थिक बर्ष २०७७/०७८ को बजेट विनियोजन गरेको छ ।

सिलिङ अनुसार बजेट बढेपनि कोरोना भाइरसको महामारीकाबीच आएको बजेटले सुस्ताएको खेलकुदलाई जुर्मुराउनेगरि सम्बोधन गर्ने अपेक्षा जानकारहरुको थियो ।आगामि आवका लागि अर्थ मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयलका लागि १ अर्ब ६३ करोडको सिलिङ तोकेको थियो ।खेलकुदमा यस वर्षको बजेटमा शिर्षकगत विनियोजन भएको छैन ।

मन्त्री खतिवडाले संसदमा घोषणा गर्दै निर्माणाधिन अवस्थामा रहेका खेल पूर्वाधारलाई निरन्तरता दिने, उच्च पर्वतीय तालिम केन्द्रको स्थापना, कर्णाली प्रदेशमा खेलकुदका पूर्वाधार निर्माण, सातै प्रदेशमा खेल ग्राम निर्माणलाई निरन्तरता दिने, नवौं राष्ट्रिय खेलकुदका लागि बजेटको व्यवथापन गरिएको बताएका छन् ।यस्तै, निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशालालाई निरन्तरता दिने समेत अर्थमन्त्री खतिवडाले बताएका छन् ।

अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको युवा तथा खेलकुद क्षेत्रको बजेट ले खेलकुदलाई निराश पारेको विश्लेषण हुन भइरहेको छ ।संघीय संरचना अनुसार खेलकुद क्षेत्रको बजेट विनियोजन नभएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामा बताउँछन् ।‘खेलकुद क्षेत्रको बजेट उत्सहाजनक देखिएन ।

यसले अहिलेको संरचना अनुसार सम्बोधन गर्न सक्दैन । यो पनि गर्ने त्यो पनि गर्ने जस्ता अमूर्त र भाषणका कुरा बजेटमा भनियो तर, यसले संघीय संरचना अनुसारको खेलकुदको परिकल्पना पुरा गर्दैन,’ लामाले भने, ‘अहिलेको बजेटबाट केन्द्रमा रहेको राखेप र मन्यालयले कति खर्च गर्ने, प्रदेशहरुलेकति गर्ने र स्थानीय तहको खेलकुदका लागि कति भन्ने आउनु पर्थ्यो तर, त्यो नहुँदा बजेट निरासाजनक रहेको छ ।’यसवर्ष सरकारले कर्णालि प्रदेशलाई केन्द्रीत गरी दुई प्रोजेक्ट सुरु गर्ने बताएको छ ।

जसमा हाई अल्टीच्युट ट्रेनिङ सेन्टरको सुरुवात र जुम्लामा कर्भडहल बनाउने भन्ने । यसले खेलकुद पूर्वाधारको अभाव रहेको कर्णालीका लागि सम्बोधन गरेको छ ।अघिल्लो वर्ष सरकारले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि २० करोड छुट्याएको थियो भने यो वर्ष शीर्षकमा मुलपानी नपरेपनि अन्तर्राष्ट्रि स्तरका क्रिकेट रंगशालाको निर्माणलाई निरन्तरता दिने मन्त्री खतिवडाले बताएका छन् ।

जसमा हाई अल्टीच्युट ट्रेनिङ सेन्टरको सुरुवात र जुम्लामा कर्भडहल बनाउने भन्ने । यसले खेलकुद पूर्वाधारको अभाव रहेको कर्णालीका लागि सम्बोधन गरेको छ ।अघिल्लो वर्ष सरकारले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि २० करोड छुट्याएको थियो भने यो वर्ष शीर्षकमा मुलपानी नपरेपनि अन्तर्राष्ट्रि स्तरका क्रिकेट रंगशालाको निर्माणलाई निरन्तरता दिने मन्त्री खतिवडाले बताएका छन् ।

यसरी आएपछि पछि रातो किताबमा आउने समयमा धेरै चलखेल हुने, मनोमैजु हिसाबले खर्च गर्ने जस्ता समस्या देखिन्छन्,’ पत्रकार फुँयालले अगाडि भने, ‘महामारीका बीच आएको बजेटको भोलुममा कमेन्ट गर्नुभन्दा पनि यसको नियतमा गर्नुपर्छ जस्तो लाग्छ ।

प्रष्ट रुपमा नआउँदा संका गर्ने ठाउँ भयो । यो बजेट प्रशासनिक क्षेत्रमा सकाउने हो कि ? पूर्वाधार निर्माण वा अन्य कुनै भन्ने स्पष्ट भएन ।’यहीँ वर्षको फागुनमा गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि सरकारले बजेटका् व्यवस्था गरेको मन्त्री खतिवडाले बताएका छन् ।

मन्त्री खतिवडाले संसदमा खेलाडीबारे कुनै सम्बोधन भने गरेनन् । यस अघि जेठ २ गते राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने गरि खेलाडीको क्षमता अभिवृद्धी गर्ने लगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा उल्लेख गरेकी थिइन ।

तर, अर्थमन्त्री खतिवडाले गरेको सम्बोधनमा खेलाडीका विषयमा कुनै पनि कुरा समावेश भएन ।‘खेलाडीको विषयमा बजेटले सम्बोधन गरेको होला । तर, खेलाडीको प्रोत्साहनका कुरा स्पष्ट भएको भए राम्रो हुन्थ्यो,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा करातेका प्रशिक्षक दीपक श्रेष्ठले भने, ‘अहिले बजेटमा समावेश नभएको भए विभागिय मन्त्रीले कुनै पनि हालतमा त्यसलाई समावेश गर्नु पर्छ ।’

खेलाडीको प्रोत्साहनका लागि सरकारले व्यवस्था गर्नुपर्नेमा श्रेष्ठ जोड दिन्छन् । ‘खेलाडीका लागि प्रोत्सान नभए उनीहरुले के कसरी खेलकुदमा लाग्ने? भन्ने बारे सरकारले बुझ्नु पर्छ,’ श्रेष्ठले भने ।मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुमा ऐतिहासिक सफलता हात पार्दा हौसिएको नेपाली खेलकुद बिहीबाको बजेटले भने केही निराश बनाएको छ ।

यसले कोरोना भाइरसको महामारीको चपेटामा रहेको खेलकुदका लागि पनि केही मलहम लगाउने अपेक्षा गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा