नेपाल भारत बिचको खेल बराबरी ,

नेपाल र भारतबीचको पहिलो मत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् ।खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो ।

भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा गोल गरेका थिए ।

बाँकी समयमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि बललाई जाली चुमाउन सकेनन् ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा