एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रुपमा उत्रियो

काठमाडौँ – एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रुपमा उत्रिएको छ ।

यूएईविरुद्ध नेपालका लागि सन्दीप लामिछाने पाँचौँ विकेट लिएका हुन्। जारी खेलमा युएईले १६ ओभरको समाप्तिमा जम्मा ६० रन जोडेर खेलिरहेको छ।

नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीपले एक-एक विकेट लिए।

नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ। कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो ।

ओमानलाई हराएर नेपालसँग भिड्न आइपुगेको यूएईले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा