ओलीमाथिको आक्रमणमा सत्तारुढ दलको संलग्नता नभएको प्रधानमन्त्री प्रचण्डको जिकिर

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको प्रस्टीकरण दिएका छन्  ।

चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोसी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो तर ओलीजीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो।’, प्रधानमन्त्री प्रचण्डले भने।

यसअघि नेकपा एमालेले संसद र सडकमा अध्यक्ष ओलीमाथि भएको आक्रमणमा सत्तारुढ दलकै संलग्नता रहेको भन्दै विरोध जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा