पर्खाल प्वाल पारेर बैंकबाट एक करोड युरो र गहना चोरी 

काठमाडौं । जर्मनीको एक बैंकमा चोरहरुले भित्तोमा प्वाल पारेर ढुकुटीबाट कम्तीमा १ करोड युरो बराबरको नगद र बहुमूल्य सामग्री चोरी गरेका छन्।

जर्मनीको पश्चिमी सहर गेल्सेनकिर्चेनस्थित स्पार्कासे बैंकको शाखामा क्रिसमसको शान्त समयको फाइदा उठाउँदै चोरहरूले बैंकको पर्खालमा प्वाल पारी भल्टमा पसेर कम्तीमा १ करोड युरो भन्दाबढी चोरी गरेको सीएनएनले उल्लेख गरेको छ।

प्रहरीका अनुसार अपराधीहरूले बाक्लो कंक्रीट पर्खाल ड्रिल गरेर बैंकभित्र प्रवेश गरे र हजारौँ सेफ डिपोजिट बक्स फुटाई ग्राहकहरूको नगद तथा बहुमूल्य सामग्री लुटे। चोरीको रकम दशौँ मिलियन युरोमा अनुमान गरिएको छ।

जर्मनीमा डिसेम्बर २४ को साँझदेखि क्रिसमस अवधिभर अधिकांश पसल र बैंकहरू बन्द रहने गर्छन्। सोमबार, डिसेम्बर २९ को बिहान सबेरै आगलागी अलार्म बजेपछि मात्र प्रहरीले पर्खालमा परेको प्वाल पत्ता लगाएको हो।

मंगलबार बैंक अगाडि दर्जनौँ आक्रोशित ग्राहक भेला भएर ‘हामीलाई भित्र छिर्न देऊ’ भन्दै नाराबाजी गरेका थिए।

गेल्सेनकिर्चेनस्थित स्पार्कासे बैंकका प्रवक्ताले यसबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।प्रहरीका अनुसार शनिबार राति नजिकैको पार्किङ ग्यारेजको सिँढीमा केही व्यक्तिहरूले ठूला झोला बोकेर हिँडिरहेको देखेको भन्दै साक्षीहरूले बयान दिएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा