काठमाडौं । कतारमा १३ जना नेपालीलाई आममाफी दिएको छ । आफनो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कतारले १३ नेपालीलाई आममाफी दिएको हो ।
कतारको जेलमा रहेका कैदीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कतारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको छ ।
नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको दयालु माफीको मन्त्रालयले उच्च कदर गरेको मन्त्रालयले जनाएको छ ।
