अब अमेरिकाले भेनेजुएला ‘चलाउने’ ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् ।

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ किनभने हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न चाहन्छौँ।’

ट्रम्पले भविष्यमा नयाँ नेतृत्वले भेनेजुएलामा हालको जस्तै अवस्था दोहोर्‍याउने जोखिम नहोस् भनी अमेरिका प्रतिबद्ध रहेको पनि बताए। उनले थपे, ‘हामी त्यस्तो स्थिति चाहँदैनौँ जहाँ कोहीले भेनेजुएलाको जनताको हित विपरीत निर्णय लिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा