रवि लामिछाने स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने, दुई देशबिच ‘विकास सहकार्य’ मा छलफल हुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी शनिबार छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने दिल्ली भ्रमण सकिएर स्वदेश फर्किएलगत्तै मन्त्री खनालको भारत भ्रमण हुन लागेको हो.

भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा दुई देशबिचको विकास सहकार्यका विविधि आयाम र आपसी हितका विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ. रास्वपा सभापति लामिछानेको भ्रमण दलका सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराले पनि मन्त्री खनालको भारत भ्रमणको तयारी भइरहेको पुष्टि गरेका छन्.

यसअघि पनि परराष्ट्रमन्त्री खनालको भारत भ्रमणको कार्यतालिका तय भएर अन्तिम समयमा विशेष कारणवश स्थगित भएको थियो. मन्त्रालय स्रोतका अनुसार अहिले त्यही पुरानो भ्रमणलाई नयाँ मिति तय गरी ‘रिसेडुल’ गरिएको हो. भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकर र वाणिज्य मन्त्री पीयूष गोयलगायतका उच्च नेतृत्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ.

रास्वपा सभापति लामिछानेले बुधबार मात्रै नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए. सो भेटमा प्रधानमन्त्री मोदीले नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न भारत पूर्ण रूपमा तयार रहेको सन्देश दिँदै नेपालका तर्फबाट प्राथमिकताका योजनाहरू उपलब्ध गराउन आग्रह गरेका थिए. प्रधानमन्त्री मोदीको सोही प्रस्ताव र विकास एजेन्डालाई थप गति दिन परराष्ट्रमन्त्री खनालको यो भ्रमण फलदायी हुने कूटनीतिक वृत्तको अपेक्षा छ.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा