इरानलाई ध्वस्त पारिदिने डोनाल्ड ट्रम्पको चेतावनी: युद्धविराम उल्लंघन भए अस्तित्व समाप्त हुने दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता उल्लंघन जारी रहे इरानको अस्तित्व नै समाप्त पारिदिने कडा चेतावनी दिएका छन्। अमेरिकी सेनाले पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई इरानले निशाना बनाएपछि त्यसको जवाफस्वरूप इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र र राडार प्रणालीमाथि लडाकु विमानबाट आक्रमण गरेको दाबी अमेरिकाले गरेको छ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आफ्नो भनाइ राख्दै ट्रम्पले इरानले कहिल्यै पाठ नसिक्ने सम्भावना रहेको बताएका छन्। “यस्तो समय आउन सक्छ, जब हामी संयम अपनाउने अवस्थामा रहने छैनौँ र हामीले सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य बल प्रयोग गरेर पूरा गर्न बाध्य हुन सक्छौँ,” उनले लेखेका छन्। उनले इरानको गतिविधि नरोकिए अमेरिकाले थप सैन्य कारबाही गर्ने र त्यसो भएमा इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै नरहने चेतावनी समेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा