लडाकु विमानले बिजुलीको तार काट्दा गाउँ अन्धकार

काठमाडौँ– फ्रान्सेली सेनाका दुई विमान बिजुलीको तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

बुधवार अपराह्न जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किएको बीबीसीले जनाएको छ ।

तालिमका क्रममा जमिन नजिकबाट गुडेका दुई रफाल विमानले तार काटेका थिए । यसबारेमा थप अनुसन्धान थालिएको छ ।

स्थानीयहरुले ती रफाल विमान जमिनको नजिकैबाट आएको र विमानले ठूलो आवाज निकालेको बताएका छन् । स्थानीयले दुईमध्ये एक विमानले तार चुँडाएको आफूहरुले देखेको प्रतिक्रिया दिएका छन् ।

सुरक्षाको कारण देखाउँदै उक्त गाउँमा केही समय सडक अवरुद्ध पनि गरिएको थियो भने विद्युत पनि बन्द गरिएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको फ्रान्सेली पत्रिकाहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा