काठमाडौ । शव फेला परेको १७ दिन पछि भागरथी भट्टको अन्त्यटि गरिएको छ । उनलाई राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टि गरिएको छ । गत माघ २१ गते विद्यालय गएकी भागरथी २२ गते मृ त अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन् । उनको कर णी पछि ह त्या गरिएको थियो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट निकै जेहन्दार र परिवारको भरोसा थिइन् । बुवाको निधन भएको ४५ दिन पनि नपुग्दै उनको निधनले परिवार शोकमा डुवेको छ ।
परिवारका सदस्यले घटनामा संलग्न पक्राउ नपर्दा सम्म शव नबुझ्ने अडान राखेपछि १७ दिन सम्म शव जिल्ला अस्पतालमा राखिएको थियो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका उनकै छिमेकी र नातामा भाई पर्ने दिनेश भट्टलाई सार्वजनिक गरेपछि शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको हो ।
शुक्रवार दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए ।
भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो ।