धर्तीकै अनौठो ठाउँ जहाँ तपाईको अप्रेसन गरि यो अङ्ग फालेर मात्र बस्न सक्नु हुन्छ, नत्र सम्भव छैन

यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ, जहाँ यदि तपाई‌ंले आफ्नो शरीरको अप्रेसन गरेर एपेन्डिक्स काटेर फ्याँक्नुभएको छैन भने बस्न पाउनु हुन्न । दुनियाँमा कहीँ नभएको यस्तो अनौठो तथा अप्ठेरो नियम अन्टार्कटिकाको भिल्लास लास एस्ट्रेलास भन्ने गाउँमा रहेको छ ।उक्त गाउँमा लामो समयसम्म बस्न इच्छा गर्ने मानिसले त्यसअघि आफ्नो शल्यक्रिया गराएर एपेन्डिक्स फ्याँक्नु पर्दछ । जीउमा काम नलाग्ने एउटा अंग हो एपेन्डिक्स । यो अंगमा संक्रमण भएर वा अन्य कुनै समस्या भएमा जुनसुकै बेला पनि काटेर फ्याँक्नुपर्ने हुनसक्छ । त्यसैले त्यो काम नलाग्ने अंगले दु:ख नदेओस् भनेर सो अंगलाई काटेर फ्याँकेरै मात्र उक्त गाउँमा प्रवेश दिइन्छ ।

गाउँमा छिरिसकेपछि एपेन्डिक्सले दु:ख नदेओस् र एपेन्डिक्सकै कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि सो नियम बनाइएको हो । यस्तो नियम राख्नुको एउटा मुख्य कारण चाहिँ उक्त गाउँको नजिकमा अस्पताल नहुनु नै हो ।

गाउँको सबैभन्दा नजिकको अस्पताल भनेकै एक हजार किलोमिटर टाढा रहेको छ । उक्त अस्पताल सम्म पुग्नका लागि बरफका पहाड तथा खतरनाक बाटो भएर गुज्रनु पर्दछ । त्यहाँ पनि केही मात्र डाक्टर छन् । कुनै पनि शल्य चिकित्सक छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा