कोरोना अपडेट : विश्वभर ४६ लाख २१ हजारमा संक्रमण, ३ लाख ८ हजारभन्दा बढीको मृत्यु

बिश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार १ सय ३१ पुगेको छ । यस्तै १७ लाख ५५ हजार १२ जना उपचारपछि भाइरसमुक्त भएका छन् ।

वर्ल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा ८८ हजार ४ सय ८४ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या १४ लाख ८३ हजार ९ सय ६१  पुगेको छ ।

यस्तै स्पेनमा  २ लाख ७४ हजार ३ सय ६७ जनामा संक्रमण देखिएको छ भने २७ हजार ४ सय ५९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

रसियामा २ लाख ६२ हजार ८ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २ हजार ४ सय १८ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा