२०८०,वैशाख ३० गते शनिवार
जेठ कृष्ण अष्टमी
पञ्चाङ्ग: ब्रह्म कौलव धनिष्ठा
तपाईँको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि हुनेहरूका लागि आजको दिन आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि हुनेहरूका लागि आजको दिन शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि हुनेहरूका लागि आजको दिन मुख्य काममा बाधा हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)कर्कट राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सिंह राशि हुनेहरूका लागि आजको दिन आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )कन्या राशि हुनेहरूका लागि रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )तुला राशि हुनेहरूका लागि आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)वृश्चिक राशि हुनेहरूका लागि आजको दिन साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)धनु राशि हुनेहरूका लागि आजको दिन उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
मकर (जि, खि, खु, खे, खो, गा, गि)मकर राशि हुनेहरूका लागि आजकोअरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कुम्भ राशि हुनेहरूका लागि आजको दिन आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)मीन राशि हुनेहरूका लागि आज आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।
— शास्त्री संयोग बस्याल





