काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिएकी छन् । शनिबार उनले औपचारिक रूपमा पार्टीलाई पत्र पठाउँदै आफ्नो राजीनामाको जानकारी गराएकी हुन् ।
श्रेष्ठले पार्टीभित्रका निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै ‘आफ्ना सिद्धान्त र विश्वासलाई कायम राख्नुपर्ने’ कारण देखाउँदै राजीनामा दिएकी बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो राजीनामाको घोषणा गर्दै समर्थकहरूलाई निरन्तर साथ र विश्वासका लागि धन्यवाद दिएकी छन् ।
संसदमा सक्रिय र स्पष्ट मत राख्ने नेतृका रूपमा परिचित श्रेष्ठको राजीनामाले रास्वपामा ठूलो हलचल ल्याएको छ । विश्लेषकहरूले उनको प्रस्थानलाई पार्टीका लागि गम्भीर चुनौतीका रूपमा लिएका छन्





