काठमाडौं उपत्यकामा अत्यधिक दुर्घटना हुने २९ ठाउँलाई ट्राफिकले तोक्यो ‘ब्ल्याक स्पट’ (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यधिक दुर्घटना हुने २९ ठाउँलाई ‘ब्ल्याक स्पट’ रूपमा ताेकेकाे छ।

उपत्यकामा अत्यधिक दुर्घटना हुने ठाउँहरूको पहिचान गरेर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी काम गर्ने योजना अघि सारेकाे हाे ।

अत्यधिक दुर्घटना हुने उपत्यकाका ठाउँहरूको सूची तयार पारेकाे प्हरीले पछिल्ला वर्षहरूमा हुने दुर्घटनाको दरलाई आधार मानेर त्यस्ता ठाउँहरूलाई ‘ब्ल्याक स्पट’को रुपमा लिँदै दुर्घटना न्यूनीकरणका लागि प्राथमिकतामा राखेर काम गर्न लागिएको जानकारी दिएकाे छ ।

ट्राफिकले उपत्यकाका २९ उपत्यकाका कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्टठाघर, बौद्ध लगायत मुख्य ठाउँलाई तोकेर त्यस आसपास अत्यधिक दुर्घटना हुने गरेको बताएको छ ।

यस्ता ‘ब्ल्याक स्पट’हरूमा विशेष ध्यान दिन चालकहरूलाई ट्राफिकले अनुरोध गरेको छ भने पहिचान भएका यी ‘ब्ल्याक स्पट’हरूको कमजोरी अध्ययन गरी सुधार गर्ने लक्ष्य राखेकाे छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा