कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम बिहान ११ बजेसम्म

काठमाडौँ । कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम बिहान ११ बजेसम्म हुने भएकाे छ। काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको हाे।

क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकोले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो।

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ। आज बन्द सत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ भने त्यसपछि नौ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा