आज एकैदिन प्रतिताेला ४१०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलाकाे ५००० नाघ्याे चाँदी

काठमाडाैं । सोमबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर नयाँ रेकर्ड बनाएकाे छ । आज सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा २०५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेर निरन्तर दोस्रो दिन रेकर्ड बनाएको हो ।

हिजाे ४ हजार ९९० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा