राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सिंहदरबारमा सुरु

काठमाडौं । राष्ट्रिय सभाको १९औँ अधिवेशन आज बिहान ११ बजेदेखि सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सुरु हुँदैछ।

नयाँ बानेश्वरस्थित संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले यसपटक सचिवालयमै बैठकको व्यवस्था मिलाइएको हो।

आजको पहिलो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिद्वारा प्रेषित अधिवेशन आह्वानको पत्र वाचन गर्ने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गतेका लागि यो अधिवेशन आह्वान गरेका हुन्। यसैबीच, माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन हुने तयारी समेत भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा