एमालेले टुङ्ग्याे सबै निर्वाचन क्षेत्रका उम्मेदवार, झापा-५ बाट ओली, अन्य कुन क्षेत्रमा को परे ?

नेकपा एमालेले आगामी निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। आज बसेको पार्टीको सचिवालय बैठकले देशभरका उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिएको उपमहासचिव लेखराज भट्टले बताए।

यस निर्णयसँगै एमालेले देशका सातै प्रदेशमा आफ्ना प्रतिनिधिहरू चयन गरी चुनावी अभियानलाई थप तीव्रता दिएको छ।

सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना चुनावी मैदानमा उत्रिने भएका छन्। त्यस्तै कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्टलाई उम्मेदवार बनाइएको छ भने अछाममा झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नाले टिकट पाएका छन्।

कर्णाली प्रदेश अन्तर्गत सल्यानमा गुलाबजंग शाह र रुकुम पश्चिममा नन्दराम देवकोटा उम्मेदवार तोकिएका छन्। सुर्खेतमा धुर्व शाही र कुलमणि देवकोटा, कालिकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया, दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंहलाई पार्टीले अघि सारेको छ।

लुम्बिनी प्रदेशमा नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवार बन्नेछन्। रुपन्देही र कपिलवस्तुका केही क्षेत्रमा अध्यक्षले निर्णय गर्न बाँकी रहे पनि बासुदेव घिमिरे, खिमलाल भट्टराई, विश्राम चौधरी र बिरेन्द्र कडौनियाको नाम तय भएको छ। दाङमा घनश्याम पाण्डे, बाँकेमा सूर्य ढकाल र दलबहादुर सुनार, बर्दियामा सालिकराम अधिकारी र विमला विक, पाल्पामा नारायण आचार्य र विष्णुप्रसाद पोडेल, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल तथा गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले जिम्मेवारी पाएका छन्।

गण्डकी प्रदेशमा नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर महत क्षेत्री उम्मेदवार हुनेछन्। गोरखामा आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङमा पृथ्वी सुब्बा गुरुङ, तनहुँमा भगवती न्यौपाने र केदार सिग्देल, स्याङ्जामा मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्कीमा बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी, बागलुङमा हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा बिष्ट, मनाङमा पोल्देन सोताङ गुरुङ र पर्वतमा पदम गिरीलाई चयन गरिएको छ।

बागमती प्रदेशमा सिन्धुलीका लागि प्रदीप केसी र मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल र दोलखामा पार्वत गुरुङ उम्मेदवार रहेका छन्। सिन्धुपाल्चोकमा आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, काभ्रेमा अमित लामा, धादिङमा भूमी त्रिपाठी र धनबहादुर घले, नुवाकोटमा बद्री मैनाली र केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुरमा रामेश्वर राना र महेश बर्तौला, चितवनमा कृष्णराज पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया उम्मेदवार छन्। काठमाडौंमा मोहन रेग्मी, मणिराम फुयाल, रामेश्वर फुयाल, अमनकुमार मास्के, राजेश शाक्य र विनोद श्रेष्ठ सहित ललितपुरमा चेतनाथ सञ्जेल र प्रेमबहादुर महर्जनको नाम तय भएको छ।

मधेश प्रदेशका लागि सप्तरीमा सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी तथा सिराहामा केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादव उम्मेदवार छन्। धनुषामा रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ, महोत्तरीमा लक्ष्मी महतो कोइरी, रामपरिक्षण यादव र सरोज यादव, सर्लाहीमा हरि उप्रेती, रौतहटमा अजय गुप्ता, शैलेन्द्र साह, कुन्दन कुशवाहा र रामजी शाह, बारामा अच्युत मैनाली, बलवीर चौधरी, ज्वाला शाह र किसान श्रेष्ठ तथा पर्सामा प्रमोद जैसवाल र जालिम मियाँ अन्सारीलाई जिम्मेवारी दिइएको छ।

कोशी प्रदेशमा पाँचथरबाट ऐन्द्रसुन्दर नेम्वाङ र इलामबाट काजिमान कागते तथा सुहाङ नेम्वाङ चुनावी मैदानमा हुनेछन्। झापामा रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार रहनुभएको छ। संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेर्दन राई, तेह्रथुममा भानुभक्त ढकाल, सुनसरीमा सूर्य पन्दाक, जगदीश कुसियात र भगवती चौधरी, मोरङमा घनश्याम खतिवडा, दिलीप बगेडिया, दिलीप राई र जीवन घिमिरे, सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, उदयपुरमा दुर्गा थापा र अमर रायमाझी तथा खोटाङमा देवविक्रम राईलाई पार्टीले उम्मेदवार बनाएको छ।

पार्टीले कतिपय महत्त्वपूर्ण क्षेत्रहरू जस्तै रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, काठमाडौं र ताप्लेजुङका केही सिटहरूको हकमा भने अध्यक्ष केपी शर्मा ओलीले नै अन्तिम निर्णय लिने गरी अधिकार सुम्पिएको छ। यी बाँकी रहेका क्षेत्रहरूमा पनि छिट्टै उम्मेदवार घोषणा गरिने सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा