काठमाडों । हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरूङ रास्वपा प्रवेश गर्दैछन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता गराउनेदेखि उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपा प्रवेश गराउने सम्मको काममा सक्रिय सुधन अब आफै रास्वपा प्रवेश गर्न लागेका छन्।
केही दिन अघि गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका सुधनले फेसबुकमार्फत आफू रास्वपा प्रवेश गर्न लागेको बताएका हुन्।
‘आज दिउँसो ३३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छु’ उनले फेसबुकमा लेखेका छन्।





