रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले पनि दिए राजिनामा

काठमाडाें । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेलले राजिनामा दिएका छन् । साेमबार मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की समक्ष राजिनामा बुझाएका हुन्। त्यसपश्चात उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै खरेलले राजिनामा घाेषणाा गरेका छन् ।

सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेल राजिनामा दिएका हुन् । फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका छन् । रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको बुझिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा