काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्।
सोमबार पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।
निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप उनले लगाएपछि सो विषयमा थप अनुसन्धान आवश्यक देखिएको भन्दै उनलाई पक्राउ गरिएको थियो।




