काठमाडौं । वैदेशिक रोजगारीमा जान चार लाखभन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाे तथ्यांक अनुसार चालु आर्थिक वर्षकाे साउनदेखि पुस मसान्तसम्ममा कुल चार लाख दुई हजार ७४ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत आर्थिक वर्षकाे साेहि अवधिकाे तुलनामा यस अवधिमा ९००७ अर्थात २.२९ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिनेको संख्या तीन लाख ९३ हजार ६७ थियो ।
पुसमा ५५ हजार ५४१ पुरुष र सात हजार १८ महिला गरी कुल ६२ हजार ५५९ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । उनीहरूले १०५ देशमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकाे विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
२०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन् ।
पुसमा साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, रोमानिया, जापान, ओमान, बहराइन र क्रोएसिया जान सबैभन्दा धेरैजनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।




