रेडर्क बिन्दुबाट प्रतिताेला २९०० रूपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा निरन्तर उच्च बिन्दुले बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनकाे मूल्य बिहिबार घटेकाे छ। हिजाे एकैदिन ताेलामा १० हजार १०० रूपैयाँले बढेर ३ लाख नजिक पुगेकाे सुनकाे मूल्य आज तोलामा दुई हजार ९०० रुपैयाँले घटेकाे हाे।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा काराेबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, आज चाँदीको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजाे चाँदी प्रतिताेला ५ हजार ९ सय २० रूपैयाँमा काराेबार भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा