काठमाडाैं । पूर्वप्रधानमन्त्री डा लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘लाइभ’ आफ्नो धारणा राख्दै डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि उनले यस्ताे निर्णय गरेका हुन्।
गोरखाका युवा, नागरिक अगुवा तथा बुद्धिजिवीले एउटा दलमा समिति हुनुभन्दा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको उनले बताएका छन्।
उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् ।





