सेयर बजारमा ४३ अंकको पहिरो: सबै उपसूचक राताम्मे हुँदा १४ अर्बको कारोबार

मंगलबार नेपाली सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिन सामान्य अंकले घटेको बजारमा आज तीव्र दबाब देखिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.५८ अंकले ओरालो लागेको हो। यस गिरावटसँगै नेप्से परिसूचक १.५३ प्रतिशतले घटेर २७२६.५१ बिन्दुमा झरेको छ।

बजारमा बिक्री चाप बढ्दा कारोबार रकममा पनि सोमबारको तुलनामा गिरावट देखिएको छ। आज ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १ लाख ४७ हजारभन्दा बढी पटक खरिद-बिक्री हुँदा कूल १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ। हिजो सोमबार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको उच्च कारोबार भएको थियो, जुन आज करिब २ अर्बले घटेको हो।

२२४ कम्पनीको मूल्य घट्यो आजको बजारमा गिरावटको प्रभाव अधिकांश कम्पनीमा देखिएको छ। कारोबार भएकामध्ये जम्मा ३४ कम्पनीको मात्र सेयर मूल्य बढ्न सक्यो भने २२४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

बजार राताम्मे हुँदा पनि सप्तकोशी विकास बैंकको सेयर मूल्यमा भने उछाल देखिएको छ। यसको मूल्य सर्वाधिक ८.५६ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा बढी ६.९३ प्रतिशत गुमाएका छन्।

आजको कारोबारमा सबैभन्दा बढी फाइनान्स समूह २.४४ प्रतिशतले घटेको छ भने अन्य समूहमा १.९७ प्रतिशतको गिरावट देखिएको छ। यस्तै होटल तथा पर्यटन १.९०, जीवन बीमा १.८५ र निर्जीवन बीमा १.७४ प्रतिशतले ओरालो लागेका छन्। वाणिज्य बैंक, विकास बैंक, जलविद्युत् र लघुवित्त जस्ता प्रमुख उपसूचकहरू १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा