देशभर पश्चिमी वायुको प्रभाव: दुई प्रदेशमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएकाले देशका केही भूभागको मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले विशेष गरी पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नुका साथै तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लाग्ने क्रम जारी छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिस्सामा आंशिक बादल लाग्ने प्रक्षेपण गरेको छ। तराईका धेरैजसो स्थानमा भने दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। विशेष गरी कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसँगै हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। पहाडी भेगमा बादल लागे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा नै रहनेछ।

आज राति पनि कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। तराईका केही स्थानमा राति पनि हुस्सु लाग्ने भएकाले चिसोबाट बच्न र यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ। हिउँदको अन्त्यतिर विकसित भएको यो मौसमी प्रणालीले उच्च हिमाली भेगमा चिसो अझै बढाउन सक्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा