सेयर बजारमा सामान्य सुधार: नेप्से २६ सय ९५ विन्दुमा, कारोबार रकम भने खुम्चियो

काठमाडौं । लगातार दुई दिनको गिरावटपछि सोमबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६ सय ९५ दशमलव ७३ विन्दुमा पुगेर रोकिएको छ।

बजारमा झिनो सुधार देखिए पनि सोमबार कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। यसदिन ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ। हिजो आइतबार ३ सय २९ कम्पनीको २ करोड २० लाख कित्ता सेयर ९ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको थियो।

यसदिन उपसूचकहरूमा मिश्रित प्रभाव देखिएको छ। होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक १.७७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह १.४५ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक ०.७२, निर्जीवन बीमा ०.१९ र व्यापार समूहमा ०.०२ प्रतिशतको सुधार देखिएको छ भने बाँकी सबै उपसूचकहरू ओरालो लागेका छन्।

सोमबारको कारोबारमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, हिमस्टार उर्जा र मिथिला लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै, सान्भी इनर्जी र बन्दीपूर केवल कारको सेयर मूल्य पनि क्रमशः ९.९४ र ९.९३ प्रतिशतले बढेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा