स्वास्थ्य बीमाको ४० करोड बक्यौता विवाद: निकास खोज्न प्रधानमन्त्रीले बोलाइन् सरोकारवालाको बैठक

काठमाडााैं । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका गाँठा फुकाउन र विद्यमान चुनौतीबारे विमर्श गर्न प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी छन् ।

देशका ठूला अस्पतालहरूले स्वास्थ्य बीमाबापतको भुक्तानी नपाएको भन्दै सेवा रोक्ने चेतावनी दिएपछि प्रधानमन्त्री कार्कीले यसमा विशेष चासो राखेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ः३० बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। पछिल्लो समय बजेट अभावका कारण बीमा गराएका नागरिकले अस्पतालमा उपचार पाउन सास्ती भोग्नुपरेको गुनासो बढ्दै गएपछि प्रधानमन्त्रीले समाधानका लागि अग्रसरता लिएकी हुन्।

विशेष गरी त्रिवि शिक्षण अस्पतालले बीमा बोर्डबाट पाउनुपर्ने ४० करोड रुपैयाँ बक्यौता नपाएको भन्दै सेवा प्रवाहमा असमर्थता जनाएपछि यो समस्याले उग्र रूप लिएको हो। शिक्षण अस्पताल मात्र नभई अन्य ठूला स्वास्थ्य संस्थाहरूले पनि भुक्तानी नपाए सेवा ठप्प पार्ने चेतावनी दिँदै आएका छन्।

यसैबीच, स्वास्थ्य बीमा बोर्डले बढ्दो आर्थिक भार कम गर्न नयाँ कार्यविधि सार्वजनिक गरेको छ। बोर्डका अनुसार आगामी फागुन १ गतेदेखि लागू हुने गरी बहिरङ्ग (ओपिडी) सेवामा वार्षिक २५ हजार रुपैयाँको सीमा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा