१०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले हालसम्म ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्य अन्तर्गत सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र तयार भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

हालसम्म कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका अधिकांश जिल्लाहरू सहित लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया लगायत ४४ जिल्लाको मतपत्र छपाइ सकिएको छ। छपाइ सम्पन्न भएका जिल्लाहरूका लागि १० हजार ७५९ बाकस मतपत्र प्याकिङ समेत गरिसकिएको छ।

निर्वाचनका लागि गत पुस २२ गतेदेखि नै मतपत्र छपाइ प्रक्रिया सुरु गरिएको थियो। आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर जिल्लाहरूमा पठाइसकिएको छ भने समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र माघ १३ गते नै छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कूल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेकोमा माघ १६ गतेदेखि यसको छपाइ कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा