ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । ताप्लेजुङको कञ्चनजंघा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

नेपाल–भारत सीमा क्षेत्र नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो।

मध्यरातमा गएको भए तापनि यस भूकम्पबाट हालसम्म कुनै भौतिक क्षति वा मानवीय चोटपटकको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा