लगातारको गिरावटपछि नेप्सेमा सुधार, साताको अन्तिम दिन ११ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। विगत केही दिनदेखि निरन्तर ओरालो लागिरहेको बजार परिसूचक नेप्से आज ८.९७ अंकले बढेर २,६७१ को विन्दुमा पुगी बन्द भएको छ।

बजारमा उतारचढावका बीच आज १३९ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने ११५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

कारोबार रकमको हिस्सा पनि निकै उत्साहजनक देखिएको छ। दिनभरिमा कुल ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार कित्ता सेयर हातबदल हुँदा ११ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

हिजाे ३ सय २९ वटा कम्पनीका २ करोड २२ लाख कित्ता शेयर ८ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

नाफा कमाउने कम्पनीहरूको सूचीमा आज जलविद्युत् क्षेत्रका लगानीकर्ताहरू अग्रपंक्तिमा देखिएका छन्। सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् कम्पनीका सेयरधनीले ९.९९ प्रतिशत नाफा आर्जन गरेका छन् भने रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ९.८८ प्रतिशत कमाएका छन्।

यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशत र श्रीनगर एग्रो फार्मको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ। यस्तै आज कालिञ्चोक दर्शनकाे सेयर मूल्य सबैभन्दा धेरै ७.५९ प्रतिशतले घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा