क्रोएसियालाई २-१ गोलले हराउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । फिफा विश्वकपअन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोन्कालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो।

खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ६८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

खेलको ८१औँ मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान रोनाल्डोलाई मैदानबाट बाहिर बोलाएका थिए। त्यसपछि थपिएको १० मिनेटको इन्जुरी समयको ९४औँ मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे। यो जितसँगै पोर्चुगलले अब प्रिक्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्ने पक्का भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा