शनिबारको मौसम: तीन प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि फागुन ९ गते शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

भोलि दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने हुनाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। तराई क्षेत्रमा दिउँसो मौसम मुख्यतया सफा रहनेछ भने उच्च पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्नेछ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। बाँकी भू-भागमा भने रातको समयमा मौसम सफा रहने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा