मौसम अपडेट: पहाडी र हिमाली भेगमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागेको छ भने दिउँसोतिर मौसम मुख्यतया सफा रहने अनुमान छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भेगमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानहरूमा रातिको समयमा पनि तुवाँलो लाग्न सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा